INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका बागलुङ जिल्ला सदस्य ३२ वर्षीय केशव न्यूरे चैतन्यलाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले भदौ ११ गते साँझ गिरफ्तार गरेको छ ।

ताराखोला गाउँपालिका–५ मदमडाँडा घर भएका र ताराखोला गाउँ जनपरिषद प्रमुख समेत रहेका न्यूरेलाई प्रहरीले उहाँकै घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी राजेन्द्र रेग्मीले इन्सेक जिल्ला प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो ।

प्रहरीले न्यूरेलाई बागलुङका व्यवसायीहरुसँग चन्दा सङ्कलन गरेको भन्दै गिरफ्तार गरिएको रेग्मीले जानकारी दिनुभयो ।

अन्य

भिडियो