INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदे बर्साइन नपा–५ का २५ वर्षीय हफिज मियाँ हुसेनविरूद्ध इलाका प्रहरी कार्यालय कडरबोनाले भदौ १० गते उजुरी दर्ता गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन २५ गते बलात्कार गरेर भाग्दै गरेको अवस्थामा देखेको पीडितकी आमाले बताउनु भयो ।

पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा भदौ ५ गते उजुरी दिएपछि सोही दिन पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले बताउनु भयो ।

ट्युसन पढ्ने बालिकालाई ललाइफकाई लोभलालच देखाई स्थानीय मदर्सामा पढाउने शिक्षकले बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय बोदे बर्साइनले आरोपित लुकेको स्थानमा छापा मारे पनि हालसम्म गिरफ्तार नभएको इन्स्पेक्टर केशरीले जानकारी दिनु भयो ।

अन्य

भिडियो