१६ वर्षीया बालिका र ११,१२ र १३ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले बेलवारी नगरपालिका–११ लक्ष्मीमार्गका ४० वर्षीय होम तामाङविरूद्ध भदौ १० गते प्रहरीमा उजुरी दिएको छ ।
पीडितहरूलाई मार्ने धम्की दिएर याैन दुोयृवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएको इन्स्पेक्टर ऋषिराज ढकालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिका र बालकले भदौ १० गते घटनाका बारेमा अभिभावकलाई जानकारी गराएपछि आरोपितविरूद्ध प्रहरीमा उजुरी परेको प्रहरीले जनाएको छ । आरोपितले मार्ने धम्की दिएर सुरूमा बालकहरूलाई बलात्कार गर्न लगाई मोबाइलबाट भिडियो खिचेको र त्यसपछि बालिकालाई आफैँले बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
तीन जना बालकहरूलाई प्रहरी निगरानीमा राखी घटनाका विषयमा अनुसन्धान थालिएको इन्स्पेक्टर ऋषिराज ढकालले बताउनुभयो ।
पीडित पक्षको उजुरी लगत्तै घटनाका मुख्य आरोपित फरार रहेको प्रहरीले जनाएको छ । पीडित बालिका र बालकहरूको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा भदौ १० गते गरिएको छ ।