INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुल्लू नगरपालिका– ३ नेपाका २१ वर्षीय तेजबहादुर महतलाई भदौ ११ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो ।

आरोपितले बालिकालाई भदौ ६ गते यौन दुर्व्यवहार गरेको भन्दै भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितका आफन्तले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ८ गते दैलेख अस्पतालमा गरिएको डीएसपी ओलीले बताउनुभयो ।

अन्य

भिडियो