INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना सङ्क्रमण पुष्टिका सात महिनाः ३४ हजार सङ्क्रमित र १ सय ७५ को मृत्यु

नेपालमा कोरोना सङ्क्रमित पहिचान भएको सात महिना पुरा भएको छ यो अवधिमा सङ्क्रमितको सङ्ख्या ३४ हजार नाघेको छ भने मृत्यु हुनेको सङ्ख्या १ सय ७५ पुगेको छ ।

गत माघ ९ गते पहिलो सङ्क्रमित पहिचान भएपछि दुई महिनासम्म नयाँ सङ्क्रमित फेला परेका थिएनन् ।

दुई महिनापछि गत चैत १० गते दोस्रो सङ्क्रमितको पहिचान भएको थियो । गत वैशाख १० गतेसम्म आइपुग्दा सङ्क्रमितको सङ्ख्या बढेर ६५ पुगेको थियो । यो अवधिसम्म अवस्था सामान्य भएपनि ०७६ चैत ११ गतेबाट नै लकडाउन गरिएको थियो ।

जेठ २ गते कोरोनाका कारण पहिलो मृत्यु भयो । जेठ १० गतेसम्म आइपुग्दा सङ्क्रमितको सङ्ख्या बढेर ५ सय ८४ पुग्यो भने मृत्यु हुनेको सूचीमा एक जनाको नाम थपियो ।

त्यसयता कोरोनाको सङक्रमणमा उच्च वृद्धि भएको तथ्याङ्कले देखाउँछ । असार १० गतेसम्म २ हजार ३ सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भयो भने २४ जनाको मृत्यु भयो ।

सङ्क्रमित पहिचानको ६ महिनामा (साउन १० गतेसम्म) सङ्क्रमितको सङ्ख्या १८ हजार ४ सय ८३ पुग्यो भने मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो ।

त्यसपछिको एक महिनामा मृत्यु हुनेको सङ्ख्या हवात्तै बढेको तथ्याङ्कले देखाउँछ । साउन १० गतेदेखि भदौ १० गतेसम्मको पछिल्लो एक महिनाको अवधिमा १५ हजार ९ सय ३५ सङ्क्रमित थपिएका छन् भने १ सय ३० जना सङ्क्रमितको मृत्यु भएको छ ।

क्रसं मिति सङ्क्रमित मृत्यु
२०७६ माघ १०
२०७६ फागुन १०
२०७६ चैत १०
२०७७ वैशाख १० ६५
२०७७ जेठ १० ५८४
२०७७ असार १० २३८३ २४
२०७७ साउन १० १८४८३ ४५
२०७७ भदौ १० ३४४१८ १७५
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

यो तथ्याङ्कलाई हेर्दा अहिले नेपालमा कोरोना सङ्क्रमणको महामारी डरलाग्दो रूपमा वृद्धि भएको छ ।

पछिल्लो एक साताको तथ्याङक हेर्दा प्रतिदिन ६ सय ८१ जनामा कोरोना देखिएको छ भने प्रतिदिन सात जनाको मृत्यु भएको छ ।
सात दिनको तथ्याङ्कलाई यहाँ तालिकामा प्रस्तुत गरिएको छ ।

पछिल्लो एक साताको तथ्याङक हेर्दा प्रतिदिन ६ सय ८१ जनामा कोरोना देखिएको छ भने प्रतिदिन सात जनाको मृत्यु भएको छ ।

एक सातामा कोरोना सङ्क्रमितको तथ्याङ्क
मिति सङ्क्रमित मृत्यु
भदौ १० गते ३४४१८ १७५
भदौ ९ गते ३३५३३ १६४
भदौ ८ गते ३२६७८ १५७
भदौ ७ गते ३१९३५ १४९
भदौ ६ गते ३१११७ १४६
भदौ ५ गते ३०४८३ १३७
भदौ ४ गते २९६४५ १२६
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

अन्य

भिडियो