१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले २४ वर्षीय दाजुलाई ०७७ भदौ १ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
डिएसपी खतिवडाका अनुसार पीडित बालिकालाई आरोपितले साउन ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको कार्यालय प्रमुख दशरथ श्रेष्ठले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।