INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शारदा नगरपालिका – ८ सिमखर्कका ३८ वर्षीय पुरुषलाई प्रहरीले साउन २९ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

देवर नाता पर्ने आरोपितले झारफुकको बहानामा ०७७ साउन २० गते बलात्कार गरेको पीडितले दिएको उजुरीमा उल्लेख रहेको डिएसपी खतिवडाको भनाई छ ।

पीडितको स्वास्थ्य परीक्षण साउन २९ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले इन्सेकलाई बताउनुभयो ।

अन्य

भिडियो