INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिका बलात्कार घटनाका आरोपित शारदा नगरपालिका–६ बरलाका २७ वर्षीय प्रकाश परियारलाइ साउन २७ गते प्रहरीले गिरफ्तार गरेको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

आरोपितले ०७७ साउन २५ गते बलात्कार गरेको पीडित बालिकाले इन्सेकलाई बताउनुभयो ।

आरोपितलाइ हिरासातमा राखी थप अनुसन्धान भइ रहेको डिएसपी खतिवडाको भनाई छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २६ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको डाक्टर विवेक अधिकारीले बताउनुभयो ।

मजदुरी गरेर जीवन चलाइरहेका पीडित बालिकाको परिवारले लकडाउनमा काम नपाएकाले चरम आर्थिक अभाव भएको बताएपछि साउन २७ गते इन्सेकको पहलमा निशुल्क उजुरी दर्ता भएको छ ।

अन्य

भिडियो