INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले माडी क्षेत्रबाट १४ वर्षीय बालकलाई साउन २९ गते गिरफ्तार गरेको छ ।

साउन १९ गते बालकले आफ्नै घरमा बालिकालाई बलात्कार गरेको आरोपमा पीडितको बाबुले २९ गते नै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिनुभयो । बालिकाको २९ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

अन्य

भिडियो