INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचारको अभावमा दुइ महिनादेखि डोरीमा बाँधिए प्रेम

पलाँता गाउँपालिका –९ का २३ वर्षीय प्रेम सुनारलाई मानसिक सन्तुलन गुमाएको भन्दै असार ५ गतेबाट डोरीले बाँधेर राखिएको छ ।

मानसिक सन्तुलन गुमाएपछि छोड्दा कुटपिट गर्ने भन्दै उपचारको अभावमा गाउँलेहरुले  डोरीले बाधेर राखिएको उनकी आमा खम्मेनी सुनारले इन्सेकलाई बताउनुभयो ।

खम्मेनीका अनुसार अनुसार घरमा खान बस्नको अभावका कारण छोराकोे मानसिक सन्तुलन गुमेको र उपचार गर्ने आर्थिक अभावमा साउन २६ गतेसम्म डोरीले बाँधेर राखिएको हो ।

पिडित प्रेमका बुवाको चार वर्ष अगाडी मृत्यु भइसकेको थियो भने र आमाले एउटा आँखा पनि राम्ररी देख्न नसक्ने भएकोले परिवारको आर्थिक अवस्था दयनिय छ ।

उपचारको अभावमा डोरीले बाँधेर राखिएको विषयमा साउन २६ गते इन्सेकले गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई जानकारी गराएपछि आफूलाई जानकारी नभएको र उपचारको लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

प्रेमलाई उपचारका लागि साउन २७ गते विहान सुर्खेत लिदै गरेको अध्यक्ष बमले जानकारी दिनुभयो ।

अन्य

भिडियो