आठ वर्षीया बालिककालाई बलात्कार गरेको आरोप प्रहरीले १६ वर्षीय बालकलाई साउन २१ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितलाई साउन २० गते बलात्कार गरेको भन्दै पीडितपक्षले साउन २१ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको इन्स्पेक्टर होमनाथ रेग्मीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २१ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।
यसैगरी २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवल नपा–१० , केराबारीका ३४ वर्षीय बिजय नेपालीलाई साउन २१ ग्ते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७६ असोज देखि प्रलोभन देखाएर बलात्कार गर्दै आएको र पछिल्लो पटक साउन २० गते बलात्कार गरेको भन्दै पीडितले साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको डिएसपी राजु लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २१ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।