INSEC Online

📅 २०८३ जेष्ठ २२

मानव बेचबिखन तथा ओसारपसारका आरोपित गिरफ्तार

१८/१८ वर्षीया दुई युवतीलाई जबरजस्ति यौनकार्यमा लगाएको आरोपमा प्रहरीले कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका—१ घर भई हाल गोदावरी नगरपालिका—२ अत्तरियास्थित बोहरा होटेलका सञ्चालक २८ वर्षीय हर्कबहादुर बोहोरालाई साउन २१ गते राति गिरफ्तार गरेको छ ।

आरोपित बोहोराले साउन १८ गते होटलमा वेटर काममा लगाइदिने भन्दै ल्याएकोमा आफूहरूलाई जबरजस्ति यौनकार्यमा लगाएपछि आफूहरू भागेर प्रहरीमा गएको पीडित युवतीहरूले इन्सेक प्रतिनिधिसँगको भेटमा बताए ।

पीडितहरूले साउन २२ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएपछि आरोपित विरुद्ध साउन २२ गते नै शरीर बन्धक तथा ओसारपसारमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर हिक्मत थापाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित युवतीहरूको स्वास्थ्य परीक्षण साउन २२ गते सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको इन्स्पेक्टर थापाले बताउनु भयो ।

अन्य

भिडियो