INSEC Online

📅 २०८३ जेष्ठ २१

अस्पतालमा बिरामीको चाप बढेपछि भुँइमै उपचार

जिल्ला स्वास्थ्य कार्यालय हुम्लामा बिरामीको संख्या बढ्दै जान थालेपछि बिरामीले शैया पाउन कठिनाइ भएको छ ।

दम रोगले ग्रस्त भएर एक हप्तादेखि अस्पतालमा उपचार गरिरहेकी ५७ वर्षिया धर्म सिंहले भन्नु भयो ‘बेडको अभावले भूँईमा बसेर दिन रात कटाउँटा झन ठूलो समस्या भएको छ ।’ आफू लगायत करिब २० जना बिरामीलाई भुँईमै उपचार गरि रहेको सिंहको भनाई छ ।

वर्षायाममा हुने मौसम परिवर्तन लगायतका कारण जिल्लामा बिरामीको संख्या बढेपछि जटिल प्रकृतीका बिरामीलाई समेत शैयाको अभाव भएकोले भूँइमै उपचार गर्नु परेको अस्पतालका डाक्टर टसी लमाले जानकारी दिनु भयो ।

डाक्टर लामाका अनुसार मौसम परिवर्तनका कारण झाडा पखाला, रुघाखोकीका बिरामीहरु बढी आउने गरेका छन् ।

कोरोना त्रासका कारण लकडाउनको समयमा शैयाहरु खाली भएको र हाल खुकुलो भएपछि उपचारका लागि आउने दम, मुटु रोग लगायतका बिरामीहरुको पनि संख्या बढेको उहाँको भनाई छ ।

अन्य

भिडियो