बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नपा –८ बस्ने ३५ वर्षीय हुमबहादुर सिटिलाई साउन ४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन १ गते बलात्कार गरेको भन्दै पीडितपक्षले साउन ४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा दिएको उजुरीका अधारमा गिरफ्तार गरी थप अनुसन्धान भइरहेको सई रणधिर जैसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित र आरोपित दुबैको स्वास्थ्य परीक्षण साउन ४ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी स्टाफ नर्स कविता पौडेलले बताउनु भयो ।
यसैगरी दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–८ का ४४ वर्षीय नारायण वलीलाई साउन ५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले धम्क्याएर बलात्कार गरेको भन्दै पीडितपक्षले साउन ५ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको इन्स्पेक्टर चक्रडम्वर पालले जानकारी बताउनु भयो । इन्स्पेक्टर पालले घटनाको थप अनुसन्धान भइरहेको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ५ गते राप्ती स्वास्थ्य प्रतिष्ठानमा गरिएको छ ।