रामेछापमा लकडाउनको अवधिमा बलात्कारका पाँचवटा घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार यी मध्ये दुईवट घटना जेठ र तीनवटा घटना असार महिनामा भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी बसन्त पाठकका अनुसार यस अविधिमा बलात्कार प्रयासका तीन वटा घटना भएका छन् । बाल यौन दुरुपयोगका घटना भने दुइवटा भएका छन् ।
यी घटनाका आरोपी मध्ये एक बाहेक सबैलाई गिरफ्तार गरी अवश्यक कारबाही अघि बढाएको उहाँले बताउनुभयो । गत साउनदेखि असार मसान्तसम्म बलात्कारका १६, बलात्कारको प्रयासका ५ वटा र बालयौन दुव्र्यवहारका ४ वटा घटना भएको पाठकले जानकारी दिनुभयो ।