INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

प्रतिबन्धित नेकपाका विद्यार्थी नेता बझाङ जिल्ला खप्तडछान्ना गाउँपालिका–५ का ३० वर्षीय बबरजंग सिंह, सोही ठाउँका २६ वर्षीय सुबासराज जोशी र बाजुरा जिल्ला त्रिबेणी नगरपालिका–८ का ३० वर्षीय प्रकाश रावललाई प्रहरीले साउन ५ गते अदालत गेटबाट पुनः गिरफ्तार गरेको छ ।

जिल्ला अदालत,कैलालीका न्यायधिश जयानन्द पनेरुको एकल इजलाशले साउन ५ गते आरोपित तिनै जनालाई  साधारण धरौतीमा  रिहा गरेको भएपनि प्रहरीले जिल्ला अदालतको गेटबाट पुनः गिरफ्तार गरेको हो ।

चन्दा असुली मुद्दामा बहस भएको भएपनि जिल्ला अदालत, कैलालीका न्यायधिश जयानन्द पनेरुको इजलाशले  तिनै जनालाई साधारण धरौटीमा  रिहा गर्न आदेश दिएको जिल्ला अदालत, कैलालीका सूचना अधिकारी नरबहादुर नेगीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

अदातलले गरेको फैसलाविरुद्ध प्रहरीले विद्यार्थीहरुलाई पुनः गिरफ्तार गरी वेपत्ता बनाएकोले मानव अधिकारको रक्षाका लागि पहल गरी दिन भन्दै अनेरास्ववियु (क्रान्तिकारी)ले पत्र पठाई अनुरोध गरेको राष्ट्रिय मानव अधिकार आयोग, धनगढीका प्रमुख झंकर रावलले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक बिष्टले पुनः गिरफ्तार गरिएको भन्ने सम्बन्धमा आफूलाई जानकारी नभएको इन्सेक प्रतिनिधिलाई फोनमार्फत बताउनु भयो ।

अन्य

भिडियो