INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई असार ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा खाँडाचक्र नगरपालिका–६, दाँहा निवासी सोही वडाका अध्यक्ष ५१ वर्षीय जगदिश शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पटक पटक यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोहीदिन प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्स्पेक्टर यक्षराज जोशिले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ३० गते जिल्ला अस्पतालमा गरिएको डाक्टर भिष्म पोखरेलले जानकारी दिनुभयो ।

अन्य

भिडियो