INSEC Online

📅 २०८३ जेष्ठ २१

बर्थिङ्ग सेन्टर निर्माणको विषयमा झडप, तीन जना घाइते

विदेह नपा–२ र ३ का स्थानिय बासिन्दाहरू बिच बर्थिङ्ग सेन्टर निमार्णको विषयमा असार १९ गते झडप हुँदा तीन जना घाइते भएका छन् ।

विदेह नगरपालिकाको नगरपरिषदबाट वडा नं. २ मा बर्थिङ्ग सेन्टर निमार्ण गर्न सर्वसम्मत पारित भएकाले सोही ठाउँमा निमार्णको लागि छलफल भई रहेको बेला विदेह नपा–३ का बासिन्दाहरूले विरोध गरेपछि झडप भएको हो ।

झडपमा विदेह नपा–२ बस्ने ६५ वर्षीय रामप्रसाद पण्डित, ५५ वर्षीय एनुल नदाफ र ३५ वर्षीय भवन चौधरीलगायतका व्यक्तिहरू घाइते भएको विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले बताउनु भयो ।

घाइते उहाँहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको नगर प्रमुख दासले जानकारी दिनु भयो ।

झडपको क्रममा दुहबी सीमा प्रहरी चौकीमा समेत ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पाँच राउण्ड अश्रु ग्याँस र तीन राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले बताउनु भयो ।

बर्थिङ्ग सेन्टर निर्माणको विषयमा विदेह नपा–२ र ३ वडाका स्थानियहरू बिच असार १८ गते समेत झडप भएको नगर प्रमुख दासले बताउनु भयो ।

हाल दुबै पक्ष बिच छलफल भइरहेको र अवस्था सामान्य रहेको नगर प्रमुख दासले बताउनु भयो ।

अन्य

भिडियो