INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सिरहा नपा–१२ का २८ वर्षीय सरोज मण्डल खत्वे विरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा असार ११ गते उजुरी दिनु भएको छ ।

पीडित पक्षका अनुसार आरोपितले महिलालाई ०७६ चैत २४ गते बलात्कार गरेको बताउनु भयो । पीडित स्वयम्ले इन्सेक सिरहा प्रतिनिधिसँग फोनबाट गाउँमै घटनालाई मिलाउन प्रयास भएर पैसालगायतका कुराहरू नमिले पछि आरोपित फरार भएको र त्यस पछि मात्र प्रहरीमा उजुरी दिइएको बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बिनोद घिमिरेका अनुसार फरार आरोपितकोे खोज तलास भइरहेको बताउनु भएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार ११ गते भएको छ ।

अन्य

भिडियो