INSEC Online

📅 २०८३ जेष्ठ २१

नगर सभामा खुर्सानीको धुरो प्रहार गरेको आरोपमा नौ जना कार्यपालिका सदस्य निष्कासित

छायाँनाथ रारा नगरपालिकाको सातौँ नगर सभाको उद्धाघाटन सत्रमा नगर प्रमुख हरिजङ्ग शाहीलाई लक्षित गरी खुर्सानीको धुलो प्रहार गरेको भन्दै कार्यपालिका सदस्य कर्ण कुलाल र अन्य नौ जनालाई सात दिनका लागि निष्कासन गरिएको छ ।

नगर सभामा अभद्र व्यवहार गरेको भन्दै कुलाल सहित नगर सभा सदस्य लोकबहादुर हितान, सुभाष चन्द्र बुढा, नन्दलाल बुढुवाल, हरिचन्द्र शाही, सिमा परियार, पञ्चकला रावल, बैदे बिक, बासमती बिक, रत्न बढुवाललाई सात दिनका लागि नगर सभाबाट निष्कासन गरिएको सोही दिन नगर प्रमुख हरिजङ्ग शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

असार १० गते दिउँसो ११ बजे सभामा उपप्रमुख सुन्तला रोकाया पक्षका ३६ जना जनप्रतिनिधिले कार्यपालिकाबाट निर्णय पास नगरी मेयरले नियम विपरीत सातौँ नगर सभा उद्घाटन गर्न लागेको भन्दै विरोध जनाएका थिए । प्रमुख शाहीलाई लक्षित गर्दै प्रहार गरिएको खुर्सानीको धुलो सुरक्षाकर्मीको आँखा र शरीरमा परेको थियो ।

मेयर हरिजङ्ग शाहीले ऐन नियम विपरीत सातौँ नगर सभा सञ्चालन गर्न खोजेकाले विरोध गरेको तर, मेयरलाई खुसार्नी नफालेको उप प्रमुख सुन्तला रोकायाले इन्सेकसँग बताउनुभयो ।

नियम विपरीत सञ्चालन गर्न खोजेको सातौँ नगरसभा स्थगित नगर्दा सम्म नगरपालिकामा आफ्नो पक्षले लगाएको ताला नखोल्ने उपप्रमुख रोकायको भनाइ छ ।

अन्य

भिडियो