INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कटहरी गाउँपालिका–७ का २८ वर्षीय सुरज मण्डललाई असार १० गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई असार १० गते कोशी अस्पताल विराटनगरमा बिरामी कुरूवा भएर बसेको अवस्थामा बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

अन्य

भिडियो