INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पातरासी गाउँपालिका – ६ उर्थुगाउँका २३ वर्षीय कमल विष्टलाई प्रहरीले असार २ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई असार १ गते यौन दुव्र्यहार गरेको भन्दै पीडितका आफन्तले सोहि दिन जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएपछि आरोपित विष्टलाई उर्थुगाउँबाटै गिरफ्तार गरिएको इन्स्पेक्टर राजेन्द्र चन्दले बताउनुभयो ।

बालिकाको स्वास्थ्य परीक्षण असार २ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको प्रहरीले जनाएको छ ।

कोरोना भाइरसले विद्यालय सञ्चालनमा नआएकाले पसलमा बसेको अवस्थामा अत्यधिक मदिरा सेवन गरेर आएको आरोपितले यौन दुर्व्यवहार गरेको टेलिफोनबाट पीडितका आफन्तले इन्सेक जिल्ला प्रतिनिधिलाई बताउनुभयो । पीडित बालिका कक्षा ७ मा अध्ययनरत रहेको उहाँको भनाइ छ ।

अन्य

भिडियो