INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई जेठ २९ गते बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका—४ का ४० वर्षीय बुबाकाविरुद्धमा पीडित बालिकाकी आमाले असार २ गते दिएको उजुरी जिल्ला प्रहरी कार्यालय, कैलालीले दर्ता गरेको  छ ।

छोरीलाई पटकपटक बलात्कार गरिएको भन्दै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा पतिविरुद्ध उजुरी दिएपछि आरोपितको खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय,कैलालीका सइ मोहनबहादुर सिंहले बताउनु भयो ।

छोरीलाई पटकपटक बलात्कार गर्दै आएका भएपनि घटना सार्वजनिक गरेमा आमाछोरीलाई नै मार्ने धम्की दइएकोले यस भन्दा अगाडी पतिकाविरुद्ध प्रहरीमा उजुरी दिन नसकेको तर यस पटक पति घरमा नभएको मौकाछोपी उजुरी दर्ता गरेको पीडित बालिकाकी आमाले टेलीफोनबाट इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण सेती प्रादेशिक अस्पताल, धनगढीमा असार २ गते गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो