INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा कुटपिट घटनाको प्रहरीले उजुरी लिएन

कथित बोक्सीको आरोपमा कुटपिट गरिएको घटनाको उजुरी प्रहरीले दर्ता नगरेको भन्दै पीडित पक्षले  पत्रकार सम्मेलनमार्फत कात्तिक २५ गते घटना सार्वजानिक गरेको छ ।

सबैला नपा–१२ की ३७ वर्षीया जुलेखा खातुनलाई कथित बोक्सीको आरोपमा कुटपिट गरिएको भन्दै कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको थियो । तर, आजसम्म उजुरी दर्ता नगरी आलटाल गरेको पीडित पक्षको आरोप छ । प्रहरीले घटनाको बारेमा नबुझी उल्टै आफूलाई नै अनावश्यक दबाब दिएको पीडित खातुनले पत्रकार सम्मेलनमा बताइन् ।

कथित बोक्सीको आरोपमा जुलेखा खातुनलाई सबैला नपा–१२ की ४० वर्षीया खैतून खातुन सोही ठाउँका २५ वर्षीया अजिमा खातुन र ३० वर्षीय जुमरत राइनसमेतले कात्तिक १३ गते कुटपिट गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । कुटपिटबाट बायाँ आँखामा चोट लागेकाले १० दिन पछि आँखाबाट पट्टि खोलेको बताइन् ।

पीडितलाई आँखा, छाति, पेट, पिठ्यूँ र गुप्ताङ्गलगायत शरीरका विभिन्न अङ्गमा लाति र मुक्का प्रहार गरी घाइते बनाएको पीडित पक्षको आरोप छ । पीडितको उपचार जनकपुर अञ्चल अस्पालमा भइरहेको छ ।

समान्य कुटपिट भएको घटनामा कथित बोक्सीको आरोपमा उजुरी दर्ता गर्नु उचित नहुने र घटना भएपछि आफूलाई जानकारी नगराएको इलाका प्रहरी कार्यालय सबैलाका इन्स्पेक्टर अवधलाल यादवले बताए ।

अन्य

भिडियो