INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१९ हाडिमेका २२ वर्षीय रामबहादुर चौधरीलाई जेठ २९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ २८ गते कामको बहानामा बोलाएर यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ २९ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको इन्स्पेक्टर चक्रडम्बर पालले बताउनु भयो । आरोपितको हातमा टोकेर भाग्न सफल भएको पीडितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २९ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो