INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयासका घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

१९ वर्षीया  युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले  मायादेवी गाउँपालिका–३ का २५ वर्षीय राजकुमार यादव विरूद्ध जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दर्ता गर्नु भएको छ ।

पीडितलाई आरोपितले जेठ ६ गते घरमा सुतिरहेको अवस्थामा बलात्कार प्रयास गरेको भन्दै पीडितले जेठ २२ गते उजुरी  दिनुभएको थियो । उजुरीका आधारमा कारवाही प्रक्रिया अगाडि बढाएको र आरोपित फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ११ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो