२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका– ५ बसैयाका ३० वर्षीय बसन्त लोनियालाई जेठ २४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरापितले जेठ २३ गते घर नजिकै बाटो छेकेर बलात्कार प्रयास गरेको भन्दै पीडितले जेठ २३ गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिनु भएको छ । घटनाको अनुसन्धान भइरहेको इन्स्पेक्टर खुमानन्द पाण्डेले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २३ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।