INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले  ३८ वर्षीयलाई जेठ २३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई जेठ २१ गते आरोपितले मादक पदार्थ सेवन गरी बलात्कार गरेको र सम्वेदनशील अङ्गमा दाउराले घोचेको भन्दै पीडितले जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालयका  डिएसपी सुमित खड्काले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेठ २३ गते गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो