INSEC Online

📅 २०८३ जेष्ठ २१

आत्महत्या दुरुत्साहन घटनाका आरोपित गिरफ्तार

धनगढी उपमहानगरपालिका – ३ विशालनगरकी २३ वर्षीया जयन्ती जोशीलाई जेठ १७ गते  आत्महत्या गर्न बाध्य पारेको आरोपमा ३२ वर्षीय पति बिष्णु जोशी, ४९ वर्षीया सासु हेमा जोशी र २४ वर्षीया नन्द बिमला जोशीलाई प्रहरी जेठ १७ गते गिरफ्तार गरेको छ ।

मानसिक र शारीरिक यातना दिइ आत्महत्या गर्न बाध्य पारेको भन्दै  जेठ १७ गते घरको भान्सामा मृत भेटिएकी जयन्तीका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि आरोपितहरूलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।

शवको पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनायो  ।

अन्य

भिडियो