INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३  वर्षीया बालिकालाई जेठ १७ गते  चुरे गाउँपालिका – ५ भासु बजारका ४५ वर्षीय गणेश आउजीले बलात्कार गरेको आरोपमा प्रहरीले जेठ २० गते  राति  गिरफ्तार गरेको छ ।

बालिकालाई जङ्गलमा लगेर हातखुट्टा बाँधेर बलात्कार गरेको भन्दै आमाको सहयोगमा पीडित बालिकाले जेठ १८ गते आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय, फल्टुडेमा उजुरी दिएपछि जङ्गलमा लुकिरहेको अवस्थामा आरोपित आउजीलाई गिरफ्तार गरी जेठ २१ गते थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कैलाली पठाइएको इलाका प्रहरी कार्यालय,फल्टुडेका इन्स्पेक्टर माधव बिसीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सेती प्रादेशिक अस्पतालमा जेठ १८ गते गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो