लम्कीचुहा नगरपालिका – ७ खरैलाकी ३५ वर्षीया सरिता भण्डारीलाई जेठ १५ गते ३५ वर्षीय पति खगेन्द्र भण्डारीले आत्महत्या गर्न बाध्य पारेको भन्दै माइती पक्षले प्रहरीमा किटानी जाहेरी दिएपछि आरोपितलाई प्रहरीले जेठ १५ गते गिरफ्तार गरेको छ ।
मानसिक र शारीरिक यातना दिइ आत्महत्या गर्न बाध्य बनाएको भन्दै माइती पक्षले इलाका प्रहरी कार्यालय,लम्कीमा जेठ १५ गते किटानी जाहेरी दिएका थिए ।
माइती पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, लम्कीका इन्स्पेक्टर ज्ञानेन्द्र चन्दले बताउनु भयो । शवको पोष्टमार्टम जेठ १६ गते टीकापुर अस्पतालमा भएको प्रहरीले जनायो ।