१६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङका २० वर्षीय पूर्णलाल विकलाई जेठ १ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ज्यान मार्ने धम्की दिएर बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ७ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा आरोपित विकविरुद्ध उजुरी दिएपछि जेठ ८ गते ढोरपाटनबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्पेक्टर हेम केसीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थय परीक्षण जेठ ८ गते धौलागिरी अस्पतालमा गरिएको छ ।