१०, ११, र दुई जना १४ वर्षीया चार जना बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–११ का ४२ वर्षीय ठाकुर रोकालाई वैशाख ३१ गते गिरफ्तार गरेको छ ।
बालिकाहरू गाईवस्तु चराउन गएका बेला वैशाख २८ गते आरोपित रोकाले रुपियाँको प्रलोभन देखाएर शारीरिक सम्बन्ध राख्न देउ भन्दै दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको प्रहरीले जनायो ।
गाउँमै मिलापत्रको दवाव आएपछि ढिलागरी उजुरी आएको हो ।
बालिकाहरूको स्वास्थ्य परीक्षण वैशाख ३१ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनायो ।