१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–११ का १९ वर्षीय अजय चौधरीलाई जेठ १ गते घरबाट गिरफ्तार गरेको छ ।
बालिकालाई वैशाख ३१ गते आरोपितले बलात्कार गरेको भन्दै पीडितले जेठ १ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिनुभएको थियो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाएको इन्स्पेक्टर कमल परियारले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको प्रहरीले जनायो ।