INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका पूर्व नेता गिरफ्तार

पोखरा महानगरपालिका–७ बस्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका पुर्व सदस्य ४५ वर्षीय कृष्ण घिमिरे ‘टिकाराम’लाई घरैबाट मङ्सिर ११ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पोखरा मनपा–९ प्रदर्शनी केन्द्रस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चुनावी सभा नजिकै बम विष्फोट भएपछि वडा प्रहरी कार्यलय बैदामको टोलीले घिमिरेलाई गिरफ्तार गरेको हो ।

वडा प्रहरी कार्यलय बैदामका डिएसपी कोमल साहले सोधपुछका लागी गिरफ्तार गरिएको बताउनुभयो । ‘सोधपुछका लागि गिरफ्तार गरेका हौँ । थप अनुसन्धान हुँदैछ ।’–साहले भन्नुभयो ।

अन्य

भिडियो