दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ की ३० वर्षीया देविका राईको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति सिताराम राईलाई भदौ १९ गते गिरफ्तार गरेको छ ।
विवादका क्रममा भदौ १८ गते धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेको भनी स्थानीयले जानकारी दिएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले आरोपितले गिरफ्तार गरेको डिएसपी वामदेव गौतमले बताए ।
शव पोष्टमार्टमा लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।