नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का जिल्ला सेक्रेटरी कावासोती नगरपालिका–३ का ५२ वर्षीय बिरबहादुर थापालाई प्रहरीले गिरफ्तार गरेको छ ।
थापालाई चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको बिचमा रहेको नारायणी नदी पुलबाट भदौ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी अर्जुन रानाभाटले बताए ।
गिरफ्तार गरिएका थापालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी रानाभाटले बताए ।