INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखाल नगरपालिका-१ अनेकोटका ५७ वर्षीय इमानसिं तामाङलाई साउन २६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले गत असार १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उक्त कार्यालयका डिएसपी दीपक गिरीले बताए ।

घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले साउन २६ गते गिरफ्तार गरी साउन २७ गते जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धन अघि बढाइएको डिएसपी गिरीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण साउन १६ गते धुलिखेल अस्पतालमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो