INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीलाई गोली प्रहार गरी आरोपित फरार

बडिगाड गाउँपालिका–१० पात्लेकी २५ वर्षीया बालकुमारी घर्तीलाई फागुन १६ गते गोली प्रहार गरी ३५ वर्षीय पति चन्द्रबहादुर घर्ती भागेको प्रहरीले जनाएको छ ।

घर्तीले भरुवा बन्दुकले पत्नीलाई गोली प्रहार गरेर फरार भएपछि खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।

सामान्य घरायासी विवादको क्रममा चन्द्रबहादुरले बन्दुक प्रहार गर्दा घाइते भएकी बालकुमारीको उपचार बुर्तिबाङ स्वास्थ्य केन्द्रमा भइरहेको छ ।

वर्षा र हिमपातको कारणले घटनाको समयमै प्रहरीलाई जानकारी गराउन नसकेको भन्दै स्थानीयले फागुन १७ गते बिहान मात्र घटनाबारे प्रहरीमा खबर गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जिवी कोइरालाले बताए ।

‘घाइते घर्तीको हिजो नै दर्लिङ स्वास्थ्यचौकीमा उपचार गरिएको रहेछ ।’–कोइरालाले भने । थप उपचारको लागि प्रहरीको टोलीले बुर्तिबाङ स्वास्थ्य केन्द्रमा ल्याएको कोइरालाले जानकारी दिए ।

समयमा तरकारी नबनाएको भन्दै उत्पन्न विवादका क्रममा पत्नीलाई बन्दुक प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको कोइरालाले बताए । प्रहरीले घटना स्थलबाट एक थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।

अन्य

भिडियो