INSEC Online

📅 २०८३ जेष्ठ २१

कपोलकल्पित आरोपका पछि नलाग्न इन्सेकको आग्रह

मानव अधिकार, सुशासन तथा दण्डहीनताको अन्त्यको लागि विगत झण्डै तीन दशकदेखि निरन्तर क्रियाशील इन्सेकको नाम जोडेर द्वन्द्वपीडित गङ्गामाया अधिकारीले बोलेको भिडियो ‘ढाँटे अधिकारवादीले’ शीर्षकमा नागरिक न्यूजको फेसबुक पेजमा सार्वजनिक भएको प्रति इन्सेकले गम्भीर आपत्ति जनाएको छ ।

मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा २०४८ सालदेखि क्रियाशील इन्सेकका तत्कालीन अध्यक्ष सुबोधराज प्याकुरेलले आफ्नो नाममा पैसा ल्याएर खाएको भनी गङ्गामायाले लगाएको आरोपमा कुनै सत्यता नभएको इन्सेककी अध्यक्ष डा. ईन्दिरा श्रेष्ठद्वारा पुस ११ गते जारी विज्ञप्तिमा उल्लेख छ ।

‘द्वन्द्वका कठिन समयमा आमनागरिकको जीउज्यान सुरक्षा र मानव अधिकार बहालीका लागि देशका कुना कन्दरामा उपस्थिति जनाएको इन्सेकले एक जना द्वन्द्वपीडितको नाम देखाएर परियोजना ल्याउनु आवश्यक नभएको र यी आरोपहरू कपोलकल्पित, भ्रामक र आपत्तिजनक भएको इन्सेकको ठहर छ ।’–विज्ञप्तिमा उल्लेख छ ।

अन्य

भिडियो