क्यान्सर रोग पीडित ४३ वर्षीया महिलालाई सञ्चो गराइदिन्छु भन्दै बलनात्कार गरेको आरोेपमा प्रहरीले बारबर्दिया नपा–१० बैदीका ७१ वर्षीय सुब्बा थारुलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलाले कात्तिक १६ गते इलाका प्रहरी कार्यालय बाँसगढीमा थारुविरूद्ध उजुरी दिएकी थिइन् ।
गुरुवा (धामी झाँक्री) रहेका सुब्वाले ०७४ माघ महिनादेखि उपचारको नाममा यौन शोषण गर्दै आएको र फागुन महिनादेखि आपूmले चाहेको समयमा बलात्कार गर्ने गरेको पीडित महिलालाई बताइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १६ गते जिल्ला अस्पताल गुलरियामा भएको प्रहरीले जनायो ।