३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउपालिका ९ भोटसिपाका ३५ वर्षीय घनश्याम भट्टराइलाई ०७५ कार्तिक १६ गते बेलुका प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले भदौ १२ गते बलात्कार गरेको पीडितको आरोप छ । पीडित महिलाले आरोपितविरूद्ध असोज २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
आरोपित फरार भएकाले तत्काल गिरफ्तार गर्न नसकेको र हाल खाजीकार्य सफल भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिमलराज कडेलले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २ गते चौतारा अस्पतालमा गरिएको थियो ।