२३ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भीरकोट नपा-७ बस्ने ४७ वर्षीय केशरबहादुर क्षेत्रीलाई असार २८ गते बेलुकी पोखराबाट गिरफ्तार गरेको छ ।
आरोपित क्षेत्रीले असार २२ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले असार २६ गते वडा प्रहरी कार्यालय, वालिङमा उजुरी दिएका थिए ।
घटनापछि फरार रहेका आरोपितलाई सोही उजुरीका आधारमा खोजतलास गर्ने क्रममा पोखराबाट गिरफ्तार गरिएको वडा प्रहरी कार्यालय, वालिङका इन्स्पेक्टर शङ्करप्रसाद आचार्यले जानकारी दिए ।
पीडितको स्वास्थ परीक्षण असार २६ गते जिल्ला अस्पताल, स्याङ्जामा भएको प्रहरीले जनाएको छ ।