INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार गरेको कसुरमा १२ वर्षकैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले चापकोट नपा-१० का २१ वर्षीय सुर्य बिकलाई असार १ गते १२ वर्षकैदको सजायको फैसला गरेको छ ।

न्यायाधीश रामनाथ पौड्यालको इजलासले कैद सजायसंगै पीडित पक्षलाई २५ हजार रुपियाँ क्षतिपूर्ति स्वरूप भराउने आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिए ।

पीडित बालिकालाई आरोपितले ०७५ माघ २२ गते बलात्कार गरेको भनी पीडित पक्षले माघ २३ गते वडा प्रहरी कार्यालय, वालिङमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि प्रहरीले माघ २३ गते नै आरोपितलाई गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ परीक्षण माघ २३ गते गह्रौं घ्याङ्गलिङ प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको थियो ।

अन्य

भिडियो