अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा नेतृत्व विकासका लागि युवा अभिमुखिकरण कार्यक्रम कात्तिक २० गते धनगढीमा सम्पन्न भएको छ ।
अभिमुखिकरण कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालय संयोजक खडकराज जोशीले युवाहरू सृजनात्मक कार्यतर्फ अग्रसर हुने पर्ने बताउँदै उनले सामाजमा साकारात्मक परिवर्तन ल्याउन युवाहरूको महत्वपुर्ण भुमिका रहेको बताए ।
संयोजक जोशीले सहभागी युवाहरूलाई एफके युथ एक्सचेञ्ज कार्यक्रमको बारेमा जानकारी गराउँदै नेतृत्व विकास, लोकतान्त्रिक संस्कार, असल जीवनशैली र सामाजमा सकारात्मक परिवर्तनमा युवाहरूको भुमिकाको बारेमा सहजीकरण गरेका थिए ।
एफके युथ एक्सचेञ्ज कार्यक्रमको आठ महिना अवधिमा आफूले धेरै विषयमा जानकारी लिने मौका पाएको बताउँदै एफके युथ एक्सचेञ्ज कार्यक्रम २०१८ का सहभागी रिचा पनेरु र रविना चौधरीले आफ्नो अनुभव र सिकाई पनि सहभागीहरूबिच प्रस्तुत गरेका थिए ।