१५ वर्षीया वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चार जना आरोपितलाई चैत १ गते उर्लाबारीबाट गिरफ्तार गरेको छ ।
प्रहरीले उर्लाबारी नपा-४ का ३७ वर्षीय दीलिप माझी, सोही ठाँउका २६ वर्षीय बुद्ध शिवा, २१ वर्षीय अर्जुन परियार र २६ वर्षीय केवल सुन्दासलाई गिरफ्तार गरेको हो ।
पीडित बालिकालाई आरोपितहरूले फागुन ३० गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत १ गते प्रहरीमा उजुरी दिएको थियो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर चन्द्रबहादुर थापाले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १ गते कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको छ ।