INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

दुई वर्षीया बालिकालाई फागुन ३ गते बलात्कार गरेको आरोपमा प्रहरीले १२ वर्षीय बालकलाई फागुन ३ गते गिरफ्तार गरेको छ ।

राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा उपचाररत पीडित बालिकाको सोही अस्पतालमा फागुन ३ गते स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए ।

पीडित बालिकाका अभिभावकले फागुन ४ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको एसपी सिंहले बताए ।

बालबालिकासम्बन्धी ऐन २०४८ अनुसार बालमैत्री वातावरणमा राखी अनुसन्धान गर्नु पर्ने भएपनि सो बमोजिमको जिल्लामा व्यवस्था नहुँदा बालकलाई प्रहरी कार्यालयमै सुरक्षाकर्मीहरूसँग राखिएको छ ।

अन्य

भिडियो