INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

लिखु तामाकोशी गाउँपालिका–४ धोबी बजारकी ४० वर्षिया झलमाया श्रेष्ठको हत्या गरेको आरोपमा कात्तिक १९ गते ४५ वर्षीय पति धननारायण श्रेष्ठ र सोही ठाउँकी ४५ वर्र्षीया गोपिनी खड्कालाई प्रहरीले गरिफ्तार गरेको छ ।

झलमायाको शव कात्तिक १९ गते बिहान आफनै घरको धुरी बलोमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको थियो ।

मृतक महिलाले अघिल्लो दिन पतिले कुटपिट गरी मार्न खोजेको भन्दै बचाउन बजारमा हारगुहार गरेकी थिइन् ।

उनले पतिले आफूलाई मारेर आत्माहत्या गरेको भन्न सक्ने भन्दै बचाउको लागि स्थानीयलाई अनुरोध गरेकी थिइन् ।

उनले बजारमा सहयोग मागेको स्थानीयले बताए पनि कसैले प्रहरी कार्यलयमा उजुरी भने नदिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक शेष अदालतले बताए ।

गाउँपालिका प्रमुख गोविन्दबहादुर खड्का, वडा नम्बर ३ र ४ का अध्यक्षसहित स्थानीय ४९ जनाले संयुक्त रूपमा उनको हत्या भएको हुनसक्ने भन्दै हस्ताक्षर गरी प्रहरीलाई उजुरी गरेपछि धननारायण र गोपिनीलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

दुई जना मिलेर उनको हत्या गरेको भन्दै स्थानीयबासीले उनीहरूलाई मोसो लगाउन खोजेका कारण दुवै जनालाई सुरक्षाको लागि पनि नियन्त्रनमा लिनुपरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शेष अदालतले बताए ।

अदालतले पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र हत्या वा आत्महत्या भनेर खुल्ने बताए । शवलाई जिल्ला प्रहरी कार्यलय रामेछापले पोष्टमार्टमका लागि सदरमुकाम मन्थली ल्याएको छ ।

अन्य

भिडियो