एक १९ वर्षीया किशोरीलाई अपहरण गरी बलात्कार गरेको घटनाका आरोपित जुम्ला जिल्ला तातोपानी गाविस-४ का २८ वर्षीय विनोद नेपालीलाई असार ३१ गते इलाका प्रहरी कार्यालयले गिरफ्तार गरेको छ ।
आरोपितमाथि किशोरीलाई बन्धक बनाइ फिरौती मागेको तथा बलात्कार गरेको अभियोगसमेत रहेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।
पीडित पक्षले असार २८ गते किशोरी बेपत्ता भएको खबर प्रहरीलाई दिएकोमा असार ३० गते पीडितकी आमालाई फोन गरी ५० हजार रूपियाँ फिरौती मागेको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी परेको थियो ।
प्रहरीले अनुसन्धानकै क्रममा कोहलपुर नपा-११ बाट आरोपितलाई गिरफ्तार गरेको र पीडितलाई कोठामा बन्धक बनाएर राखेको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
शरीर बन्धक बनाइ बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको र पीडितको स्वास्थ्य परीक्षण साउन १ गते भएको इलाका प्रहरी कार्यालयका डिएसपी सुरेश काफ्लेले बताए ।