INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुलाचुली गाउँपालिका-५ का ३० वर्षीय राजमान भनिने राजु लिम्बूलाई वैशाख ७ गते गिरफ्तार गरेको छ ।

 

पीडित बालिकालाई आरोपितले ०७३ चैत २६ गते बलात्कार गरेको भन्दै कारबाहीका लागि चैत २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

 

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।

 

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २७ गते नै जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो